Ad Image

सुनको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । साताको पहिलो दिन नेपाली सुन बजारमा उल्लेख्य वृद्धि देखिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । 

शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा यथावत् छ ।