विषाक्त च्याउ खाएर बिरामी परेका ३ जनाको मृत्यु


झापा । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ ।
माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।
बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए ।
मनीषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको हो ।