आज दिउँसो २ बजे बस्दै मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आज प्रस्तुत गरिने बजेट स्वीकृत गर्न दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् ।