तस्वीरमा हेर्नुहोस्, एमालेको गणतन्त्र दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र स्थापना भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाएको छ । उत्सव मनाउन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट एमालेका नेता, कार्यकर्ता र्यालीसहित सहभागी भएका छन् ।
गणतन्त्र उत्सवको र्यालीमा गणतन्त्रको पक्षमा नारा लगाउँदै नेता, कार्यकर्ता सहभागी भइरहेको देखिन्छ । विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएका थिए । र्याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने छ ।