खुल्दैन धूमधाम प्रचारका साथ लन्च गरिएको जागिर खोज्ने सरकारी वेबसाइट


काठमाडौं । सरकारले २०७४ साल भदौमा युवालाई रोजगारीको अवसर दिन भन्दै धूमधाम प्रचार गरेर सुरु गरेको जागिर खोज्ने सरकारी वेबसाइट www.jobkhoj.gov.np हाल बन्द भएको छ ।
सरकारको विभिन्न दातृ निकायको सहयोगमा सञ्चालनमा ल्याइएको सो वेबसाइट बेरोजगार युवालाई सहयोग गर्ने प्रमुख माध्यमका रूपमा प्रचार गरिएको थियो । सरकारले निजी क्षेत्रका वेबसाइटहरूमा भर नपर्ने भन्दै सरकारी स्रोतबाटै विश्वसनीय रोजगार सूचना प्रवाह गर्ने दाबीसहित उक्त साइट सञ्चालनमा ल्याएको थियो । तर अहिले त्यो वेबसाइट खुलेको छैन ।
श्रम बजार विश्लेषण, रोजगारीका अवसरहरूको पहिचान गर्ने, बेरोजगारको विवरण संकलन गर्ने, रोजगारदाता संस्थासँग समन्वय, रोजगारी सम्बन्धी परामर्श सेवा प्रदान गन र रोजगार मेला आयोजना लगायतका उद्देश्यसहित सुरु गरिएको वेबसाइट हाल बन्द हुँदा प्रचारमा मात्र सीमित बनेको छ ।