फिदिम नगरपालिकामा विपद् प्रतिकार्य सामग्रीको खुला कक्ष स्थापना

गणतन्त्र चोक, पुरानो ट्राफिक कार्यालय, र आहाल गैरीमा स्थापना गरिएको खुला कक्षमा आगलागी, बाढीपहिरोजस्ता विपत्तिको प्रतिकार्य तथा उद्धारका लागि आवश्यक सामग्रीहरू राखिएका छन्।

No Author Assigned | २०८१ भदौ १० गते २३:०६
Image of storage/news/1724661215.jpg

फिदिम नगरपालिकाले विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीहरूका लागि फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष स्थापना गरेको छ। गणतन्त्र चोक, पुरानो ट्राफिक कार्यालय, र आहाल गैरीमा स्थापना गरिएको खुला कक्षमा आगलागी, बाढीपहिरोजस्ता विपत्तिको प्रतिकार्य तथा उद्धारका लागि आवश्यक सामग्रीहरू राखिएका छन्।

 

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आइतबार उक्त खुला कक्षहरूको उद्घाटन गरेका हुन । नगरप्रमुख काफ्लेले यस प्रकारका सामग्री सार्वजनिकस्थलमा राख्दा विपद्‌मा उद्धार र प्रतिकार्य सहज रूपमा गर्न सकिने र यसले क्षति कम गर्न मद्दत पुग्ने बताए ।

 

खुला कक्षमा ‘फायर एक्सटिङग्युसर’, बाल्टी, बेल्चा, झम्पल, गैँती, खुर्पा, ‘फायरबल’लगायतका सामग्री राखिएका छन्। प्रयोगपश्चात् ती सामग्रीहरू सोही स्थानमा फिर्ता राख्नका लागि व्यवस्था गरिएको छ। कार्यक्रमको अवसरमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणले आगलागीबाट हुने जोखिम कम गर्ने उपायबारे नमुना अभ्यास प्रदर्शनी गरेको थियो।


Facebook Comments