Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

लाखे जात्रा निकाल्न नौमूले गाउँपालिकाले दियो सार्वजनिक बिदा

श्रीकृष्ण जन्माष्टमीको अवसरमा नौमूले बजार लगायतका स्थानमा लाखे जात्रा हुने भएकाले मंगलबार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले जानकारी दिएका हुन ।

No Author Assigned | २०८१ भदौ १० गते ०६:१०
Image of storage/news/1724739032.jpg

दैलेखको नौमूले गाउँपालिकाले मंगलबार (आज) सार्वजनिक बिदा दिएको छ । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा नौमूले बजार लगायतका स्थानमा लाखे जात्रा हुने भएकाले मंगलबार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले जानकारी दिएका हुन ।   

शाहीका अनुसार मंगलबारका नौमूले गाउँ कार्यपालिकाको कार्यालय तथा अन्तर्गतका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाबाट प्रदान हुने अत्यावश्यक सेवाहरू बाहेक सबै कामकाज बन्द हुने गरी सार्वजनिक बिदा दिइएको हो ।
साथै सामुदायिक विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिइएको छ । 

Facebook Comments