Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

अखिल क्रान्तिकारी केन्द्रीय सचिवमा धादिङकी रीता ढुंगानाको उम्मेदवारी, यस्ता छन् एजेन्डाहरु

User Image Mayorsap | २०८१ माघ ११ गते ०६:३७
Image of storage/news/1737614233.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को चुनावी चहलपहल सुरु भएकाे छ । अनेरास्ववियू (क्रान्तिकारी)ले आउँदाे शनिबार संगठनकाे नेतृत्व छान्दैछ । विशेषगरी केन्द्रीय कमिटीहरुमा नेतृत्वकाे दावी गर्न विद्यार्थीहरु चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । पदाधिकारीमा आफ्नाे स्थान दावी गर्न विद्यार्थी नेताहरु आ–आफ्नाे तरिकाले तयारीमा जुटेका छन् ।

सङ्गठनमा ३२ वर्षे उमेरहद लागेपछि याे चुनावमा नयाँ अनुहारहरुले यसपटक नेतृत्व तहमा दाबी गर्दैछन् । अहिले हुन लागेको चुनावमा आफूलाई पदाधिकारी हुन योग्य ठान्दै धादिङकी रीता ढुंगानाले पनि छात्रातर्फकाे केन्द्रीय सचिवमा मनोनयन दर्ता गराएकी छिन् । 


छात्रातर्फ केन्द्रीय सचिवमा उम्मेदवारी दिएकी रीता ढुंगानाले बागबजारमा रहेकाे पद्मकन्या क्याम्पसमा स्ववियु सदस्यदेखि अनेरास्ववियू (क्रान्तिकारी) को केद्रीय समितिमा समेत बसेर काम गरिसकेकी छिन् ।


पद्मकन्या क्याम्पसबाट ग्रामिण विकासमा स्नातकाेत्तर पढिरहेकी रीता विद्यार्थी राजनीतिमा माथिल्लाे तहमा बसेर काम गर्न तयार रहेकाे बताउँछिन् । अहिलेकाे बदलिँदाे समयमा विद्यार्थी राजनीतिलाई नयाँ ढंगले अगाडि बढाउने रीताकाे तयारी छ । उनले विद्यार्थी राजनीतिमा गर्न सकिने केही कामकाे लिष्टसमेत सार्वजनिक गरेकी छिन् । काठमाण्डाैकाे विश्वनिकेतनमा प्लस टु सम्म पढेकी रीताले पद्मकन्यामा स्नातक तह पढिन् । स्नातक तह पढ्दादेखि नै रीता राजनीतिमा लागिन् । उनले समाज कार्य ( Social Work) र ग्रामिण विकासमा स्नातक गरेकी छिन् । 

 

उनले विद्यार्थी राजनीतिमा गर्ने आफूले काम गर्नका लागि बनाएका याेजनाहरु सार्वजनिक गरेकी छिन् । उनका याेजनाहरु यस्ता छन्।

१. वैज्ञानिक तथा समाजवाद शिक्षा कार्यन्वयनका लागि,
 

२. नेपालको माटो सुहाउँदो शैक्षिक पाठक्रम निम्मार्णको लागि,
 

३. आम्दानीसँग जोडिएको सिपमुलक शिक्षाको लागि 
 

४. नेपाललाई विश्वको शैक्षिक हब निर्माण गर्न,
 

५. त्रिभुवन विश्वविद्यालयलाई अनुसन्धान, अन्वेषण र ईन्कुभेसन सेन्टर निर्माण गर्न,
 

६. सबै संकायका विद्यार्थीहरुलाई अनिवार्य रुपमा प्रयोगात्मक शिक्षाको परिवर्तन गर्न
 

७.  विद्यार्थीहरुलाई  पार्टीमा आकर्षण गर्न
 

८. विद्यार्थीहरुको ज्ञान, सीप र क्षमताको मुल्यांकन  गरि पार्टीको दु्रतको रुपमा स्थानीय वडा तथा स्थानीय तहमा भोलिन्टर काम गर्न परिचालन गर्न,
 

९. सबै सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा रचनात्मक क्रियाकलाप मार्फत संगठन निर्माण गर्न
 

१०. कम्तीमा ५ लाख नयाँ युवाहरुलाई संगठनको सदस्य वितरण गर्न
 

११. भर लाग्दो, रहर लाग्दो र आस लाग्दो जुझारु संगठन निर्माण गर्न
 

१२. नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न
 

१३. गतिशीलता, क्षमता र योग्दानको आधारमा प्रत्येक नेता तथा कार्यकर्ताको मुल्यांकन गरि एक व्यक्ति एक जिम्मेवारी, सहि व्यक्ति सहि जिम्मेवारी दिईने छ।

उनले भनिन्, "मेरो एजेन्डा, व्यक्तित्व, विचार, विगतमा गरेको कामको मूल्यांकन र हामीले सोचेको गतिशील संगठन निर्माणको लागि विजय अपरिहार्य भएकोले आफू निर्वाचित हुनेमा ढुक्क छु ।" मनाेनयन नामावली पनि प्रकाशित भैसकेकाे छ । 

 

६० जनाभन्दा बढी विद्यार्थी नेताहरुले केन्द्रीय सचिवमा मनाेनयन दर्ता गराएका छन् । जसमध्ये छ जनाकाे छात्रातर्फ उम्मेदवारी परेकाे छ । छ जनाबाट एकजना छात्रातर्फकाे सचिवमा चयन हुनेछन् । सविता थापा, रुरल एम, भूमिका जैसी, विद्या बुढा र सरस्वती चाैलागाईँ पनि छात्रातर्फ सचिवका दाबेदार छन् । 

 


Facebook Comments