जुम्लाका तीन पालिका साक्षर घोषणा

चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, र सिंजा गाउँपालिकाले साक्षर घोषणा गर्न तोकिएका सूचक पूरा गरेपछि साक्षर पालिका घोषणा भएका हुन्।

No Author Assigned | २०८१ असोज ४ गते १६:५७
Image of storage/news/1726832386.jpg

जुम्ला । जुम्लाका तीन स्थानीय तहलाई साक्षर घोषणा गरिएको छ। 

 

चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, र सिंजा गाउँपालिकाले साक्षर घोषणा गर्न तोकिएका सूचक पूरा गरेपछि साक्षर पालिका घोषणा भएका हुन्। हिमा गाउँपालिकालाई गएको साउन २० गते साक्षर घोषणा गरिएको थियो भने चन्दननाथ र सिंजा गाउँपालिकालाई असोज २ गते साक्षर घोषणा गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । 

 

चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत, हिमा गाउँपालिकाका ९६ प्रतिशत, र सिंजा गाउँपालिकाका ९६.५ प्रतिशत नागरिक साक्षर भएसँगै यी पालिकालाई साक्षर घोषणा गरिएको हो। चन्दननाथमा २१ हजार ३६ जनाको सर्वेक्षणमा १५ देखि ६० वर्षमुनिका जम्मा ३८० जना मात्रै निरक्षर भेटिएका थिए, जसलाई साक्षर बनाएपछि पालिका साक्षर घोषित भएकाे हाे । हिमामा १२ हजार २५६ जना साक्षर भएपछि, र सिंजामा कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भएसँगै यी पालिका साक्षर घोषणा गरिए।

 

जुम्लाका अन्य पाँच स्थानीय तहले पनि साक्षर पालिका घोषणा गर्ने तयारी गरिरहेका छन्, जसका लागि वडास्तरमा कर्मचारी परिचालन गरी तथ्यांक संकलन भइरहेको छ।


Facebook Comments