पाथीभरामा केबलकारको काम तत्कालका लागि रोक्न सर्वाेच्चको आदेश

User Image मेयरसाप सम्पादकीय | २०८१ चैत १७ गते २२:४२
Image of storage/news/1743320627.jpg

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम तत्कालाका लागि रोक्न आदेश जारी गरेको छ। याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले केबलकार निर्माण लगायतका काम तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

 

सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको छ। यामबहादुर लिम्बु लगायतका निवेदकहरूले केबलकार निर्माणले धार्मिक, सांस्कृतिक र पर्यावरणीय असर पार्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै, सर्वोच्च अदालतले अन्तिम निर्णय नभएसम्म कुनै नयाँ कार्य नगर्न आदेश दिएको छ।


गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ ।

 


Facebook Comments