Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः ३–१ ले गण्डकी विजयी

User Image Mayorsap | २०८१ चैत २४ गते १४:३४
Image of storage/news/1744102157.jpg

भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ ।
 

खेलको पहिलो, दोस्रो र चौथो सेटमा लुम्बिनीलाई २५–२०, २५–१८ र २५–२१ अङ्कले गण्डकी प्रदेशले पराजित गरेको हो । तेस्रो सेट भने २५–२३ ले गण्डकीलाई लुम्बिनी प्रदेशले जितेको थियो । लिक आधारमा सञ्चालित खेलअन्तर्गत आज नै हुने दोस्रो खेल गण्डकी र सुदूरपश्चिम प्रदेशका बीचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।


प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता जनाएका छन् । यही चैत २८ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्डमार्फत रु २० लाख सहयोग गरेको छ ।


अन्य रकम जिल्लाका स्थानीय पालिका, व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन भइरहेको आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीले बताए । प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।


प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु. एक लाख ७५ हजार, तेस्रोले रु. ८० हजार तथा चौथो हुने टोलीले रु. ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । पाँच विधामा विधागत रुपमा उत्कृष्टलाई रु. १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।


Facebook Comments