प्रधानमन्त्रीको प्रश्न– देश कङ्गाल बनाउनेहरु लाजै नमानेर फेरि आउँछौँ भन्ने?

User Image मेयरसाप सम्पादकीय | २०८२ वैशाख २७ गते १७:४६
Image of storage/news/1746869650.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई गरिबीमा राख्नेहरू अहिले पुनः साथ खोज्दै हिँडेको भन्दै आलोचना गरेका छन् ।

 

शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले अचम्म व्यक्त गर्दै भने, “देशलाई कङ्गाल बनाउनेहरू फेरि हामी आउँछौँ, साथ देऊ भनेर लाजै नमान्ने?”

 

प्रधानमन्त्री ओलीले पछिल्ला तीन दशकमा देशले उल्लेखनीय विकास गरेको भन्दै पूर्व राजाहरूको शासनकालमा देश जङ्गलमै सीमित रहेको आरोप लगाए । उनले देशलाई विकसित र बस्न योग्य बनाउनुपर्नेमा जोड दिँदै भने, “हाम्रो देश स्वच्छ, पवित्र, अक्सिजनले भरिएको देवभूमि हो। यस्तो ठाउँमा फोक्सोको व्यापार हुने? कहाँबाट आयो यस्तो व्यापारी नेपालमा?”

 

प्रधानमन्त्री ओलीले पुराना सत्ता संरचना फर्कन नहुने बताउँदै अबको आवश्यक दिशा पारदर्शी, दिगो र जनमुखी विकास भएको स्पष्ट पारे ।


Facebook Comments