कमल थापा भन्छन्– तीनकुने घटनामा संलग्न व्यक्ति अपराधी होइनन्
मेयरसाप सम्पादकीय
|
२०८२ वैशाख २७ गते ०१:४१
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको घटनालाई आधार बनाएर सरकारले प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाएका छन् ।
ललितपुरको जावलाखेलमा “राष्ट्रवादी देशभक्त जनता“ नामक समूहद्वारा सञ्चालित रिले अनशनमा सहभागी हुँदै अध्यक्ष थापाले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलाको अधिकार प्रयोग गर्दा सरकारद्वारा नेता रवीन्द्र मिश्रसहितको गिरफ्तारी गरिएको बताएका हुन् ।
उनले भने, “बयान सकिएको अवस्थामासमेत झुटा मुद्दा लगाइ ४३ दिनदेखि थुनामा राखिएको छ। यो सरासर प्रतिशोधको अभ्यास हो।” थापाले चैत १५ गतेको प्रदर्शनमा संलग्न कुनै पनि व्यक्ति अपराधी नभएको दाबी गर्दै तत्काल सबै पक्राउ परेकाहरूको रिहाइको माग गरे ।
चैत १५ गते राजावादीहरूद्वारा आयोजित प्रदर्शनका क्रममा रवीन्द्र मिश्रलगायत नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई झुटा आरोपमा मुद्दा चलाएर निरर्थक थुनामा राखिएको थापाको आरोप छ ।
Facebook Comments