Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

म्याग्दीको मालिका गाउँपालिकाले मनायो स्थापना दिवस

User Image मेयरसाप सम्पादकीय | २०८१ फागुन २७ गते १६:३५
Image of storage/news/1741710947.JPG

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले नवौँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । आज गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मानसहित विविध सांस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो । 

 

पालिकाको स्थापना दिवसको अवसरमा आज गाउँपालिकामा सार्वजनिक बिदा दिइएको थियो भने गाउँपालिकाको केन्द्र दरबाङ बजारमा झाँकी सहितको प्रभातफेरी र्‍याली र मूल समारोह आयोजना गरिएको थियो । समारोहको १०६ वर्षीय ज्येष्ठ नागरिक धनमती गुरूङले उद्घाटन गरेकी थिइन् । 

 

गाउँपालिकाले राजनीतिक तथा सामाजिक, शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघुउद्यमलगायत क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान गरेको थियो । राजनीतिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै तीन जनालाई मरोन्नपरान्त सम्मान प्रदान गरिएको छ । 

 

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिएका शेरबहादुर शेरचन र शिक्षा क्षेत्रमा योगदान दिनुभएका वीरबहादुर कार्कीको सम्मानमा उनको परिवारलाई उक्त सम्मानपत्र प्रदान गरिएको थियो । 

 

कार्यक्रममा राष्ट्रिय खेलकुदमा जिल्लालाई चिनाउने कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरूङ, बाँस निगालो तथा चोयाका सामग्री निर्माण गर्ने भरिबहादुर पटेल, व्यावसायिक कृषि क्षेत्रमा योगदान पुर्‍याउने मालिका रेन्बो ट्राउट फर्मका  सञ्चालक पूर्णबहादुर रोका, विसम कृषि फर्मका सञ्चालक भूपेन्द्र शर्मासहित हरेक वडाबाट एकरएकजना लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो । 

 

त्यसैगरि कक्षा ८ र १० को परीक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान गरिएको थियो भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रूपमा रू १० हजार र छात्रा कबड्डीमा समूहमा स्वर्ण दिलाउने छात्राको समूहलाई रू २० हजारसहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने संस्कारको सुरूवात गरेको बताउँदै आगामी दिनमासमेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रममा नौमति पञ्चेबाजा, पुख्र्यौली नाचसहित विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो । 


Facebook Comments