Ad Image

यातायात व्यवसायीलाई लक्षित गर्दै सांसद शाहीले भने–अराजक समूहका नाजायज माग पूरा गर्नु हुँदैन

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shai.PNG

काठमाडौं । सांसद दयालबहादुर शाहीले यातायात व्यवसायीको मागलाई नाजायत भनेका छन् । मंगलवार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा भएको छलफलमा सांसद शाहीले यातायात व्यवसायीलाई अराजक समूह भन्दै उनीहरुको माग सम्बोधन नगर्न सरकारलाई सुझाव दिएका हुन् । 

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई व्यवसायीको धम्कीबाट नडराउन समेत आग्रह गरे । उनले भने, ‘बरु ६ महिना यात्रा नगरौँ । यातायात व्यवसायीको धम्कीबाट नडराऔँ । अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन ।’