प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित


काठमाडौं। प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज पनि सुरु हुनासाथ अवरुद्ध भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसद उठेर बैठक अवरोध गरेका हुन् । प्रतिपक्षीले बैठक चल्नै नदिएपछि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हाे।
भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् । गृहमन्त्रीले राजीनामा दिनुपर्ने, उनीमाथि छानबिन हुनुपर्ने लगायतका माग राख्दै प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।