ट्रम्पले अमेरिकी यात्रामा प्रतिबन्ध लगाएपछि अफ्रिकी संघ चिन्तित

.jpg)
नैरोबी । अफ्रिकी युनियन (एयू) ले संयुक्त राज्य अमेरिकाले महाद्वीपका सात राष्ट्रमाथि लगाएको नयाँ यात्रा प्रतिबन्धको परिणामप्रति चिन्ता व्यक्त गरेको छ । एयूले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यात्रा प्रतिबन्धको यो कदमले अमेरिकासँग दशकौँदेखि स्थापित ‘जनता–जनताबीचको सम्बन्ध, शैक्षिक आदानप्रदान, व्यावसायिक संलग्नता र व्यापक कूटनीतिक सम्बन्ध’लाई क्षति पु¥याउनेछ ।”
एयूले अमेरिकी सरकारलाई परामर्शात्मक दृष्टिकोण अपनाउन र सम्बन्धित देशहरूसँग रचनात्मक संवादमा संलग्न हुन अपिल गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमालिया, चाड, रिपब्लिक अफ कङ्गो, गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, अफगानिस्तान, म्यानमार, हाइटी र इरानगरी विश्वका १२ देशलाई लक्षित गरी यात्रा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यात्रा प्रतिबन्ध लगाइएका १२ मध्ये सात अफ्रिकी मुलुक रहेको र बाँकी एशियाली मुलुक रहेका छन् ।
ट्रम्पले इजिप्टलाई प्रतिबन्धमा समावेश नगरिए पनि कोलोराडोमा एक जना इजिप्टका नागरिकले यहुदीहरूको प्रदर्शनमा बलिरहेको आगोको लप्का प्रयोग गरी आक्रमण गरेको बताएका छन् । उनले बुरुन्डी, क्युवा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलागरी सात देशबाट आउने यात्रुलाई पनि आंशिक प्रतिबन्ध लगाएका छन् । ती देशहरूबाट केही श्रम भिसाहरूका लागि अस्थायी अनुमति दिइनेछ ।