Ad Image

बाजुराको बाम्का बजारमा भीषण आग*लागी, दर्जनौं पसल जलेर नष्ट

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bamka aaglagi.jpg

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ स्थित बाम्का बजारमा ग्यास सिलिन्डर पड्किएर भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार दिउँसो ४ बजे सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीले बजारभरि ठूलो क्षति पुर्याएको बताएका छन् । “पूरै बजारमा क्षति भएको छ, आगो अझै नियन्त्रणमा आएको छैन,” उनले भने ।

एकै लाइनमा रहेका करिब ३०–३५ वटा पसलमा आगलागीले क्षति पुर्याएको जनाइएको छ । घटनामा मानवीय क्षति नभए पनि धेरै धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।