अनेरास्ववियुमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक


काठमाडौं। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजकि भएको छ । कीर्तिपुरमा जारी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा निर्वाचनको माग गर्दै नाराबाजी भएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी र महासचिव दीपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका थिए। उनले ती नामहरू प्रस्ताव गरेपछि निर्वाचनको माग गर्दै हलमै नाराबाजी भएको थियो ।
महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको थियो ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने बताइएको छ ।