Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

औरही गाउँपालिकामा अस्पताल निर्माण गर्दा भ्रष्टाचार, एमाले सांसदसहित १५ जनाविरुद्ध मुद्दा दायर

User Image मेयरसाप डेस्क | २०८२ जेठ २३ गते २०:०१
Image of https://mayorsap.com/storage/photos/10/akhtiyar.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको  औरही गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले ठाकुरसहित १५ जनामाथि मुद्दा दायर गरेको हो । धनुषा क्षेत्र नं. ३ (ख)बाट निर्वाचित ठाकुर एमालेका सांसद हुन् ।
अख्तियारले औरही गाँउपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमु प्रशासकिय अधिकृत सुवोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमित कुमार यादव, गंगा प्रसाद यादव, शिवनाथ साह, प्रमेश्वर मण्डल, दिलिप कुमार साहविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले त्यही गाँउपालिकाका इञ्जिनियरहरू सोनु साह, सन्तोष कुमार मण्डल, बिनित कुमार साह, खरिदारहरु मोहन कुमार मण्डल, मनोज कुमार यादवमाथि मुद्दा चलाएको छ ।
अख्तियारले उनीहरू सबैमाथि ६ करोड ७९ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । 

अख्तियारले दायर गरेको अभियोगको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

 


Facebook Comments