Ad Image

भिजिट भिसा प्रकरण: छानबिन समिति बनाउन प्रतिपक्षी एकजुट

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bipakshi-dal-1230-1024x624.jpg

काठमाडौं । भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको आरोपमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरू एकजुट भएका छन् ।

यही जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहेका बेला बिहीबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले उक्त मागलाई यथावत राखेका हुन् ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सबै प्रतिपक्षी दलहरू छानबिन समिति गठनमा सहमत रहेको जनाउँदै यो संगठित अपराधको अन्त्यका लागि निर्णायक कदम हुने बताए ।

प्रतिनिधिसभाको अवरोध हटाउन समिति गठन अनिवार्य भएको विपक्षी दलहरूको भनाइ छ ।