Ad Image

अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि इजलासमै मोसो प्रहार

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za aalam nyadhisss.jpg

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुमाथि इजलासमै मोसो प्रहार गरेका छन् ।

न्यायाधीश थारुले केही दिनअघि नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसला गरेका थिए ।

फैसला प्रति असन्तुष्टि जनाउँदै कार्यकर्ताहरूले अदालत परिसरमै घुस्दै मोसो प्रहार गरेका हुन् । घटना लगत्तै सुरक्षाकर्मीले तत्कालै दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पूर्वसांसद आलमलाई कारागारमुक्त गर्ने फैसलापछि सो निर्णयको चौतर्फी आलोचना हुँदै आएको छ ।