काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो बस दुर्घटना, २० जना यात्रु घाइते


काठमाडौं । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो बस नागढुंगा पिपलामोड नजिक दुर्घटना भएको छ । शनिबार दिउँसो ४ बजेर ४५ मिनेटमा बा ३ ख ८६२९ नम्बरको माइक्रो सडकबाट २०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंअनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते हुनेमध्ये १० जना भारतीय नागरिक रहेका छन् । घाइतेहरूको अहिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीका चालक ४३ वर्षीय अनिल तामाङ नुवाकोटको ककनी गाउँपालिका–३ का हुन् । उनीसहित माइक्रोमा ६ जना बालबालिका, ५ महिला र १० जना पुरुष रहेका थिए ।