Ad Image

राप्रपाका महामन्त्री धवलशमशेर अदालतमा उपस्थित

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/dhawal shemsher.PNG

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उपचार प्रयोजनार्थ हाजिर जमानीमा रिहा भएका तर मुद्दा दायर भएपछि पनि प्रहरीको सम्पर्कमा नआएका जबरा जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् । 

गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।