बेल घेराउ गर्दै रास्वपाका सांसद भुइँमा, संसद भने जारी (तस्विरहरू)


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेपनि प्रतिनिधि सभा जारी छ । रास्वपाका सांसदहरू बेल घेराउ गर्दै भुइँमा बसेका छन् तर सभामुख देवराज घिमिरेले भने संसद निरन्तर चलाइरहेका छन् ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिस्कार गरेर हिँडेको छ । अहिले संसदमा अर्थ मन्त्रीले पेश गरेको बजेट माथि सांसदहरूले छलफल गरिरहेका छन् ।