Ad Image

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कबिहीन, बालाजुको रिसोर्टमा भेटिए डाक्टर श्रेष्ठ

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Dr.shrestha.PNG

काठमाडौं । फेसबुकमा  ‘अलबिदा’ लेखेर सम्पर्कबिहीन भएका डा.केशव श्रेष्ठ तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटिएका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले डा.श्रेष्ठलाई रिसोर्टमा सुकशल फेला पारेको हो । 

बालाजुमा भेटिएका डा.श्रेष्ठलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीमा ल्याउँदैछ। जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए ।

सोमबार बिहान चाबहिलस्थित गोपिकृष्णहल नजिकै रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।