रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित


काठमाडौं। गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक भएको घटनामा संलग्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । वरिष्ठ उपाध्यक्ष मिश्र मंगलवार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।
उनको आजै थुनछेक बहस हुने बताइएको छ। त्यसपछि उनी पूर्वपक्षका लागि थुनामा जाने वा नजाने निर्णय हुनेछ ।
सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । उनी ३ लाख धरौटीमा छुटेका छन् ।