Ad Image

शिवनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/shivnath_gaupalika.jpg

बैतडी । जिल्लाको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १५औँ अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले ‘हाम्रो शिवनाथ, हामी बनाउँछौँ’ भन्ने नारासहित शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताए । पालिकाभित्र बोलिने भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले व्याकरण लेखन र प्रकाशनको व्यवस्था गरिने उल्लेख गरिएको छ । 

गाउँपालिकालाई पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘एक वडा, एक खेलमैदान’को नीतिलाई निरन्तरता दिइने जनाइएको छ । 

आगामी वर्षमा गाउँपालिकाका छ वटा वडालाई बालमैत्री घोषणा गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीयको खानेपानीमा पहुँच पु¥याउन आवश्यक नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए ।