Ad Image

अमरेशकुमार सिंहले नेपाललाई लिजमा दिऊँ भनेपछि संसद्मा हंगामा

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/za amres.jpg

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको विवादास्पद अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक केहि समय तनावग्रस्त बन्यो । मन्त्रालयगत छलफलका क्रममा सिंहले केही जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्लाहरू चीन, अमेरिका वा भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

उनको उक्त भनाइलाई नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले “राष्ट्रघाती” भन्दै आपत्ति जनाए र सिंहलाई कारबाही गर्न माग गरे । बर्तौलाले देशद्रोही अभिव्यक्ति सह्य नहुने भन्दै आलोचना गरेका छन् ।

सत्तापक्षका सांसदहरू पनि सिंहको विरोधमा उत्रिएपछि सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति संसद् रेकर्डबाट हटाउने निर्देशन दिए । तर, सिंहले आफूलाई बोल्न नदिइएको भन्दै सभामुखमाथि आक्रोश व्यक्त गर्दै एमाले देशप्रति गद्दार भएको प्रतिक्रिया दिए ।

सांसद सिंहको भनाइ र सत्तापक्ष सांसदबीचको विवादले सदनमा केहीबेर अवरोध निम्त्याएको थियो ।