संसदमा ठाकुर गैरेको माग–भिजिट भिसा प्रकरणमा संलग्न कोही पनि उम्कनु हुँदैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले भिजिट भिसा प्रकरणमा सङ्लग्न सबैलाई कार्बाही गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय मागरे बेल्दै उनले सिंगो नेपाल र नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएको भिजिट भिसा प्रकणमा संलग्न कसैलाई पनि उम्कन दिन नहुने बताएका हुन् ।
उनले भने, “भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएको छ । भिजिट भिसा प्रकरणमा जुन रूपमा नेपाली ठगिएका र सास्ती पाएका, त्यसबाट धेरै सम्पत्ति गुमाएका छन् यसबाट कोही पनि दोषी उम्कनु हुँदैन, कुनै पनि निर्दोष व्यक्ति फस्नु हुँदैन।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरण छानबिन प्रक्रियालाई कुनै अवरोध गर्न नहुने उल्लेख गर्दै सांसद गैरेले भिजिट भिसा प्रकरणजस्ता काण्डलाई आगामी दिनमा दोहोरिन नदिन कानुनगत सुधार गर्नुपर्नेमा जोड दिए।
उनले भने, “यो संसद्मा जनताका समसामयिक विषयमा छलफल हुनुपर्ने हो, आर्थिक सङ्कट निवारणको विषयमा छलफल हुनुपर्ने हो, बजेटबारे पर्याप्त छलफल हुनुपर्ने, सुशासन र समृद्धिको बारेमा छलफल हुनुपर्ने तर अन्य विषयमा छलफल भइरहको छ ।”