Ad Image

४ सय ६० गाउँपालिकामध्ये १५ पालिकाले ल्याउन सकेन बजेट

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/budget.jpg

काठमाडौं । देशभरका ४ सय ६० गाउँपालिकाहरुमध्ये १५ वटा गाउँपालिका बजेट ल्याउन असफल भएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार ४ सय ४५ अर्थात ९७ प्रतिशत गाउँपालिकाहरुले मात्र बजेट ल्याएका छन् ।

स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट हरेक वर्ष १० असारभित्र पेस गरिसक्नुपर्ने व्यवस्था छ । तर १० असार साँझसम्म १५ वटा गाउँपालिकाहरुमा सभाको अधिवेशन नै सुरु हुन नसकेको र एउटा गाउँपालिकामा सम्पर्क हुन नसकेको महासंघले जनाएको छ । 

बजेट प्रस्तुत गर्न नसक्ने धेरै गाउँपालिकाहरू मधेशका छन् भने कोशी र सुदूरपश्चिम प्रदेशका शतप्रतिशत गाउँपालिकाले १० असारभित्रै बजेट प्रस्तुत गरेको संघको तथ्यांकमा उल्लेख छ ।