Ad Image

२४ नगरपालिकाले ल्याउन सकेन बजेट, बालेन र हर्क पनि असफल !

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Balen_Harka.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिकासहित देशभरिका २४ वटा नगरपालिकाले बजेट ल्याउन असफल भएका छन् । नेपाल नगरपालिका संघले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरिका २९३ नगरपालिकामध्ये २४ वटा नगरपालिकाले बजेट ल्याउन नसकेका हुन् ।

स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट हरेक वर्ष १० असारभित्र पेस गरिसक्नुपर्ने व्यवस्था छ । तर १० असार साँझसम्म २६९ नगरपालिकाले मात्रै बजेट पेस गरेका छन् ।  

काठमाडौं महानगरपालिकाका बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले बजेट ल्याउन नसकेका हुन् । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण बजेट ल्याउन नसकेका हुन् भने मेयर हर्कले उपप्रमुखसँगको विवादका कारण बजेट ल्याउन नसकेका हुन् ।

संघको तथ्यांक अनुसार बजेट प्रस्तुत गर्न नसक्ने धेरै नगरपालिकाहरू मधेशका छन् भने गण्डकी र सुदूरपश्चिम प्रदेशका शतप्रतिशत नगरपालिकाले १० असारभित्रै बजेट प्रस्तुत गरेको संघको तथ्यांकमा उल्लेख छ ।