Ad Image

चन्द्रपुर नगरपालिकामा लागूऔषध नियन्त्रण अभियानः १० जनामाथि मुद्दा

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news866790..jpg

रौतहट । पूर्वपश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा प्रहरीले सञ्चालन गरेको लागूऔषध कारोबार नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको निर्देशनमा सञ्चालित अभियान अन्तर्गत यस आर्थिक वर्षमा विभिन्न किसिमका लागूऔषध बरामद गर्नुका साथै कारोबारमा संलग्न १० जनालाई कार्बाहीको दायरामा ल्याइएको छ। पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्र आसपासमा लागूऔषध दुर्व्यसनीको संख्या बढ्दै जाँदा प्रहरीले विभिन्न किसिमका सचेतना मुलक कार्यक्रम समेत सञ्चालन गरेको छ।

यस आर्थिक वर्षमा हालासमा बिद्यालय सार्वजनिक स्थलमा गरी २० वटा लागूऔषध विरुद्ध सचेतनामुलक कार्यक्रमको आयोजना गरेको डिएसपी राईले बताएका छन्। कार्यक्रममा लागूऔषध सेवनले हुने स्वास्थमा हानिको बारेमा कानुनी कार्बाहीको बारेमा लगायत जीवनमा त्यसले कस्तो प्रभाव पार्छ भनेर विस्तृत रुपमा विद्यार्थीलाई सम्झाउने गरेको डिएसपी राईले बताए।

त्यसैगरी लागूऔषध बिक्री वितरण निरुत्साहित गर्न औषधी व्यवसायीसँग पटक पटक छलफल गरिएको, पक्राउ परेका दुर्व्यसनीको अभिभावकलाई सम्झाई बुझाई जिम्मा लगाउने गरेको उनले बताए। 

राईले लागूऔषध सेवन तथा कारोबार प्रहरीले एक्लै चाहेर पनि पूर्ण नियन्त्रण हुन सक्दैन त्यसको लागि सबै पक्ष सचेत हुन जरुरी रहेको बताए । कहीँ कसैले लागूऔषध सेवन अथवा कारोबार गरेको थाहा पाए त्यसबारेमा सूचना दिन डिएसपी राईले आग्रह समेत गरेका छन्।