यी हुन् मन्त्रिपरिषद् बैठका मुख्य १५ निर्णय (सूचीसहित)


काठमाडौँ । सरकारले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमार्फत सो निर्णयहरू सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णय अनुसार, विभिन्न सरकारी पदमा सरुवा, बढुवा र नियुक्ति गरिने व्यवस्था समावेश छ । साथै, हरेक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय पनि गरिएको छ ।
मन्त्रिपरिषद्ले लिएका यी निर्णयले प्रशासनिक सुधार र सांस्कृतिक कार्यक्रमलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।