झापामा हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु


झापा । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा परेका हुन् । गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।