Ad Image

आफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि महाभियोग लगाउन सांसद साहको माग

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/samsad shah.PNG

काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरुलाई महाअभियोग लगाउन माग गरेका छन् । सांसद साहले रौतहटमा मानिसहरूलाई जिउँदै इँट्टाभट्टामा जलाएको घटनामा आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू खुसीराम थारु र अर्जुन महर्जनमाथि महाअभियोग प्रक्रिया अघि बढाउन माग गरेका हुन् । 

उनले राजनीतिक भागबण्डामा हुने न्यायधीशको नियुक्ति तत्काल रोक्न समेत आग्रह गरे ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद साहले भने, ‘यदी सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ । यदी यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै अफताव आलमलाई उपहारस्वरुप सफाई दिएको भन्ने सन्देश जान्छ । यस्तो अवस्था लोकतन्त्र र न्याय प्रणालीको गम्भीर अपमान हो ।’