Ad Image

राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री घर्तीको निधन

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/1752218208_Balaram Gharti Magar.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता एवं पूर्वमन्त्री बालाराम घर्ती मगरको शुक्रबार बिहान निधन भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सातदोबाटोस्थित आफ्नै निवासमा बसिरहेका बेला एकाएक स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई बीएण्डबी अस्पताल पुर्याएको थियो । केहि समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घर्ती मगरका श्रीमती र ७ छोरी छन् । उनका अधिकांश छोरी विदेशमा रहेकाले, उनीहरू स्वदेश आएपछि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ ।

उनको पार्थिव शरीर हाल बीएण्डबी अस्पतालमा राखिएको छ । रोल्पाबाट प्रतिनिधित्व गर्ने घर्ती मगर पटक–पटक सांसद र मन्त्री बनेका थिए ।