Ad Image

आदिकवि भानुभक्तले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/oli-12.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भानुभक्तले नेपाली मनमा रामायण रोपेर नेपालीलाई भाषा र भावनाको सेतुले जोडेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो सन्देशमा लेखेका छन्, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो।’

उनले नेपाली भाषामा आदिलेखन थालनी गर्ने भानुभक्तप्रति नमन गर्दै सम्पूर्ण स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

आज देशभर विविध कार्यक्रम गरी आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै छ ।