विष खुवाएर श्रीमान् मा*रेको आरोपमा श्रीमती पक्राउ


स्याङ्जा । जिल्लाको वालिङ नगरपालिका–८, कटेज नमुनाटोलका ४९ वर्षीय खुमानन्द लामिछानेको हत्या आरोपमा उनकी कान्छी श्रीमती रञ्जिता लामिछानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । खुमानन्दको २०८० वैशाख २२ गते मृत्यु भएको थियो ।
प्रारम्भिक अनुसन्धानमा खुमानन्दले विष सेवन गरेको खुले पनि कान्छी श्रीमतीका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले रञ्जितालाई वालिङ बजारको मोडस्थित लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेका अनुसार रञ्जिताले श्रीमानलाई खानामा विष राखेर खुवाएको खुल्न आएपछि नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकी लामिछानेलाई जिल्ला अदालत स्याङ्जामा कर्तव्य ज्यान मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।