कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरले फेरि खुलायो आवेदन
No Author Assigned | २ महिना अगाडि
काठमाडौं । शैक्षिक सत्र २०८२/०८३ को कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले फेरि आवेदन खुलाएको छ । महानगरपालिकाले छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः अनलाइन आवेदन आह्वान गरेको हो।
महानगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै साउन १८ गतेसम्म अनलाइन आवेदन पेस गर्न आग्रह गरेको छ। यसअघि महानगरले साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरी साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरेको थियो।
ती दुई चरणबाट भर्ना भएर पनि विभिन्न शिक्षण संस्थाहरूमा सिटहरू खाली रहेपछि ‘ऱ्यापअप’ का रूपमा अन्तिम मनोनयनका लागि आवेदन खुलाइएको सूचनामा उल्लेख छ।
Facebook Comments