भीमफेदी–कुलेखानी–काठमाडौं सडक सञ्चालनमा


बागमती । सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आज दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।