Ad Image

बलान नदीको कटानले मुस्लिम बस्ती डुबानको जोखिममा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG_3830.jpg

सिरहा । सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको तीव्र कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको जोखिममा परेका छन् । लगातारको वर्षाले नदीको बहाव बढेपछि सुन्दरपुरका ४५ र इस्लामपुरका ३० घरधुरी त्रासमा छन् ।

स्थानीयवासीका अनुसार, नदीले बस्ती छेउमा कटान गर्दै आएको छ र अब बस्ती र नदीको दूरी जम्मा पाँच मिटर मात्र बाँकी छ । स्थानीय मोहम्मद हुसेन अन्सारीले बाढीको त्रासले रातभर निदाउन नसकिएको बताए ।

वडाध्यक्ष रामनाथ पण्डितले बस्तीको जोखिम कम गर्न विनियोजित २५ लाख रुपैयाँको बजेटमध्ये १५ लाखको मात्र काम भएको र ठेकेदारले बीचमै काम छोडेर गएको जानकारी दिए ।

नगरप्रमुख महेशप्रसाद चौधरीले दीर्घकालीन समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए । नदीले बस्ती कटान गरेमा नजिकै रहेको पूर्व–पश्चिम राजमार्गको पुलसमेत जोखिममा पर्न सक्ने खतरा छ ।