Ad Image

चाडपर्वमा कालोबजारी नियन्त्रण गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hikmat.PNG

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदै गरेका चाडपर्वलाई ध्यानमा राख्दै कालोबजारी नियन्त्रण गर्न र बजार अनुगमनलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

आज विराटनगरमा बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उनले नागरिकले सहज र सुपथ मूल्यमा सामान पाउनुपर्नेमा जोड दिए ।

बैठकमा प्रदेशको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, लागूऔषध ओसारपसार र तस्करी नियन्त्रणका विषयमा पनि छलफल भएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार, ती चुनौतीहरूको सामना गर्न कार्ययोजना बनाएर काम गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रदेशका सुरक्षा निकायका प्रमुखहरूका साथै मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता थियो ।