Ad Image

तुर्कमेनिस्तान पुगेर प्रधानमन्त्रीले भने-भूपरिवेष्ठित राष्ट्रहरू विकल्पले होइन, बाध्यताले अलग छन्

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sammelan oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित राष्ट्रहरू विकल्पले नभएर बाध्यताले अलग हुनुपरेको बताएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को साइड इभेन्टमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा कनेक्टिभिटी नै न्याय भएको पनि बताए । तटीय राष्ट्रहरूसँग यसको कुञ्जी रहेको भन्दै त्यसलाई खोल्नु कर्तव्य हुन आउने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ । खोल्नु कर्तव्य हो, अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं ।’

प्रधानमन्त्री ओली एलएलडिसी समूहको सम्मेलनमा सहभागी तुर्कमेनिस्तानको अवाजा सहरमा छन् ।