बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए पद तथा गोपनीयताको सपथ
मेयरसाप डेस्क
|
२०८२ साउन २० गते १७:१०
काठमाडौं। बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मंगलवार दिउँसो मुख्यमन्त्री नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् ।
बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित बानियाँले सोमवार दाबी पेस गरेका थिए।
Facebook Comments