माओवादीद्वारा वाइसिएलका ५ पूर्वउपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त


काठमाडौं । नेकपा माओवादी केन्द्रले युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का ५ जना पूर्वउपाध्यक्षहरूलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार यो सर्कुलर जारी गरिएको हो ।
वाइसिएलबाट वैकल्पिक केन्द्रीय सदस्य बन्नेहरूमा सुजीत ढुंगाना, ज्ञानेन्द्रबहादुर गुरूङ, गगनबहादुर मल्ल, मञ्जु बम र केहरसिंह गुरूङ रहेका छन् । उमेरहद लगायतका कारणले संगठनबाट बिदा भएकाहरूको व्यवस्थापन गर्न यो निर्णय गरिएको हो ।
माओवादी केन्द्रले अनेरास्ववियू क्रान्तिकारीका निवर्तमान पदाधिकारीहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा यथावत राख्ने र अन्य विद्यार्थी नेताहरूलाई प्रदेश समिति वा प्रदेश प्रतिनिधिको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
पार्टी विधानमा ५० प्रतिशतसम्म वैकल्पिक सदस्य बनाउन सकिने प्रावधान भए पनि पार्टी एकता र सन्तुलन मिलाउनका लागि उक्त प्रतिशतमा थपघट गर्न सकिने निर्णय गरिएको सर्कुलरमा उल्लेख छ ।
Facebook Comments