वामदेव र झलनाथ खनालबीच ४ वर्षपछि भेट, के–के भयो कुराकानी?


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र भर्खरै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका वामदेव गौतमबीच चार वर्षपछि लामो भेटवार्ता भएको छ ।
पार्टी एकता भएको खुसीयालीसँगै दुई नेताले विगतका कम्युनिस्ट आन्दोलन र संविधान निर्माणमा खेलेको भूमिकाबारे कुराकानी गरेका थिए ।
भेटमा गौतमले एकीकृत समाजवादीमा आफ्नो भूमिका स्पष्ट नभएको गुनासो गरेका थिए । उनले भनेका थिए, ‘पार्टी एकता त मेरो जिम्मेवारीका निम्ति पनि गरेको हो, तर मलाई के जिम्मेवारी दिने भन्ने कुरा अगाडि बढेको छैन।’
गौतमका अनुसार, उनले पार्टी अध्यक्ष माधव नेपालबारे खनालसँग कुरा गरेनन् । गौतमले भने, ‘माधवसँग बस्दा झलनाथको र झलनाथसँग बस्दा माधवको कुरा गर्ने मेरो बानी होइन।’
यद्यपि, खनालले भने पार्टीले गति लिन नसकेको, विद्रोहको औचित्य पुष्टि गर्नुपर्ने चुनौती रहेको र अध्यक्ष माधव नेपालले आफूलाई पार्टी छोड्न सल्लाह दिएको प्रसंग उठाएका थिए ।
Facebook Comments