मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्वीप जारी


मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मतका लागि ह्वीप जारी गरेको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले साउन २७ गते दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
बैठकले संसदीय दलको कार्यसमिति र तीन सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ ।
कार्यसमितिमा श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् ।
त्यस्तै, अनुशासन समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने छन् ।
Facebook Comments