मःममा औँठी भेटिएपछि धरहरा टपरी मःमलाई २ लाख जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा टपरी म:मलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
ग्राहकले खाजा खाइरहेको समयमा म:ममा धातुको औँठी भेटिएपछि महानगरले यो कारबाही गरेको हो ।
महानगरको कृषि तथा खाद्य विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, उक्त रेस्टुरेन्टले यसअघि पनि पटक–पटक दिइएका निर्देशनहरू पालना नगरेको पाइएको छ ।
महानगरले धरहरा टपरी म:मका सञ्चालकलाई सात दिनभित्र बैंकमार्फत जरिवाना रकम जम्मा गरी त्यसको जानकारी गराउन निर्देशन दिएको छ ।
साथै, आगामी दिनमा खाद्य स्वच्छता र गुणस्तर कायम गरेर मात्र उत्पादन तथा बिक्री–वितरण गर्न पनि कडा निर्देशन दिएको छ ।
Facebook Comments