आर्यघाटमा जलिरहेको श*वको अंग खरिद गर्ने २ जना पक्राउ

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pashupati-aaryaghat-1.jpg

काठमाडौं । काठमाडौं प्रहरीले पशुपति आर्यघाटमा जलिरहेको शवका अंग खरिद गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीका रामनन्दन ठाकुर र सप्तरीका मिश्रीलाल यादव छन् । उनीहरूले बनेपा–९ का राम शाहीको जलिरहेको शवबाट कान्छी औँलाको टुक्रा र खरानी खरिद गरेका थिए ।

यो घटना घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी विनायक मैनालीको पक्राउपछि बाहिर आएको हो । मलामीले खुट्टाको मासु नै बेचिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । 

सोधपुछका क्रममा ढकाल र मैनालीले चार सय रुपैयाँ लिएर औँलाको टुक्रा र खरानी दिएको स्वीकार गरे । 

उनीहरूले अंग खरिद गर्ने व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ बताएको उल्लेख गरे पनि कुन भगवानको पूजाका लागि यस्तो गरिएको हो भन्नेबारे अनभिज्ञता प्रकट गरेका छन् ।


Facebook Comments